स्थानीय तहको चुनावमा कसैसँग गठबन्धन गर्दैनौँ : अध्यक्ष लिङ्देन

admin

काठमाडौं, १८ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको चुनावमा कसैसँग गठबन्धन नगर्ने स्पष्ट पार्नुभएको छ ।

शुक्रबार उदयपुर सदरमुकाम गाईघाटमा राप्रपा उदयपुरद्वारा आयोजित सभालाई सम्बोधन गर्नेक्रममा राप्रपा स्थानीय तहको चुनावमा कुनै दलसँग तालमेल नगर्ने बताउनु भएको हो ।

अध्यक्ष लिङ्देनले आवश्यकता हेरी गठबन्धन गर्न सकिने भएपनि अहिलेसम्म आफ्नै बलबुताले लड्ने क्षमता रहेको बताउनु भयो ।

जनसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले स्थानीय निर्वाचनमा सुशासनको मुद्दालाई मूल विषय बनाउने बताउनु भयो ।

उहाले देश ३१ वर्ष निक्कामाहरुले शासन गर्दा अहिलेको अवस्था आएको आरोप लगाउनु भएको छ । जनसभामा राप्रपाका केन्द्रीय नेता विक्रम पाण्डे, हरीबहादुर बस्नेत, ज्ञानेन्द्र शाही लगाएतले सम्बोधन गरेका थिए ।

 

प्रतिक्रिया