गठबन्धन राष्ट्र निर्माण र विकासका लागि होइन, एमालेलाई हराउन बनेको हो : प्रदीप ज्ञवाली

admin

काठमाडौं, १८ चैत : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्र निर्माण र विकासका लागी नभई एमालेलाई हराउनकै लागी गठबन्धन गरिएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले गुल्मी रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको युवा विद्यार्थी सम्पर्क मञ्च बृहत अगुवा कार्यकर्ता भेलामा बोल्दै ज्ञवालीले अहिलेको स्थानीय तहको निर्वाचनलाई सामान्य ढङ्गले लिन नहुने बताउनुभयो ।

उहाँले नेकपा एमालेले राष्ट्रको हित,विकास,नेपाली जनताको सम्बृद्धिका लागी अगुवाई गरेको बताउदै अहिलेको निर्वाचन देश बनाउने र देशलाई खाडल तिर हाल्ने शक्ति बीचको लडाई भएको तर्क गर्नुभयो ।

पूर्व मन्त्री ज्ञवालीले परमादेशले बनाएको गठबन्धन सरकारले निर्वाचन गर्न नै नचाहेको जिकिर गर्दै बाध्य भएर निर्वाचनको मिति तोकेको जिकिर गर्नुभयो ।

उपमहासचिव ज्ञवालीले देशको सम्वृद्धि,विकास,नेपाली जनताको हकहित,नेपाली युवाहरुलाई रोजगारी गराउने काम एमालेले मात्रै गर्ने भन्दै सभ्य र समतामूलक समाज निर्माण एमालेले मत मागिरहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका सचिव गोकर्ण विष्ट देशमा परिवर्तन ल्याउन युवाहरुको महत्त्वपूर्ण भूमिका रहेको भन्दै युवाहरुलाई देश विकास र समाज रुपान्तरणका लागी प्रयोग गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया