नेपाली रेलको आज उद्घाटन, भोलिदेखि नियमित चल्ने

admin

काठमाडौं, १९ चैत : जयनगर खण्डमा चल्ने रेलको आज उद्घाटन हुँदैछ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेल उद्घाटन गर्न लाग्नुभएको हो ।

आज दिउँसो दुवै प्रधानमन्त्रीले नयाँदिल्लीमा रहेको हैदराबाद हाउसबाट हरियो झण्डा देखाएर उद्घाटन गर्ने कार्यक्रम छ । आज उद्घाटन भएपछि भोलिदेखि रेल नियमित रुपमा चलाउने तयारी छ । दिनको दुईपटक जयनगरबाट रेल गुड्ने नेपाल रेलवे कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार दुवै रेल एकैचोटि चलाउँदा बिग्रिन सक्ने भएकाले मर्मत गर्दै आलो–पालो चलाउने तयारी छ । एकपटमा एउटा रेलमा १ हजार ३५० यात्रुले यात्रा गर्न सक्ने कम्पनीको भनाइ छ । रेलमा सिटमा बसेर र उभिएर यात्रा गर्ने व्यवस्था पनि मिलाइएको रेलवे कम्पनीले जनाएको छ ।

जनकपुर–जयनगर ७० र कुर्था–जयनगर ९० रुपैयाँ भाडा कायम गरिएको छ । एसी सिटका लागि भने जनकपुर–जयनगर ३५० र कुर्था–जयनगर ४५० रुपैयाँ भाडा कायम गरिएको कम्पनीले जनाएकाे छ ।

२०७७ असोजमा दुवै रेल सेट भारतबाट जनकपुर ल्याइएको थियो । लामो समयसम्म रेल पालले छोपेर राखिएकोमा गएको फागुन १ गतेदेखि ‘ड्राई रन’ अर्थात यात्रु नराखी चलाउन थालिएको थियो ।

 

प्रतिक्रिया