मुलुकको परिवर्तन गुम्ने खतरा कायमै छ : प्रचण्ड

admin

काठमाडौं, १९ चैत : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको परिवर्तन गुम्ने खतरा कायमै रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले माओवादी केन्द्रले मुलुकमा परिवर्तन ल्याएको र मुलुकको नेतृत्व भने परिवर्तन रोक्नेहरूका हातमा जाने अवस्था निम्तिएको भन्दै परिवर्तनमाथि खतरा कायमै रहेको बताउनुभएको हो ।

अहिले माओवादीले जितेको पालीकाहरुमा मात्र राम्रो काम हुन सकेको उहाले दावी गर्नुभयो । भरतपुर महानगरपालिकामा अन्य पालीकामा भन्दा राम्रो काम भएको भन्दै प्रचण्डले माओवादीले जितेका स्थानीय तहमा राम्रो काम भएको बताउनुभयो ।

मुलुकको हरेक पालीकामा सुशासन, विकास तथा समृद्धिको ढोका खोल्न आवश्यक रहेको उहाको भनाई छ । कार्यक्रममा प्रचण्डले केहि भूतपूर्व सैनिकहरुलाई माओवादी प्रवेश गराउनुभएको थियो ।

 

प्रतिक्रिया