यी हुन विश्व इतिहासमा आज भएका घटनाक्रम

admin

विश्व इतिहास मा आजः आज ३ अप्रिल २०२२ । आज विश्व इतिहासमा केही घटना विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आजका दिन भएका केही घटनाक्रमः

प्राध्यापकबाट कुख्यात अपराधी बनेका गणितज्ञ पक्राउ
सन् १९९६ मा अराजकतावादी विचारबाट प्रेरित अमेरिकी कुख्यात अतिवादी टेड कान्जिस्की पक्राउ परेका थिए ।

पूर्वप्राध्यापकसमेत रहेका कान्जिस्कीले सन् १९७८ देखि १९९५ सम्म १६ वटा लेटर बम पठाएका थिए, जसमा ३ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । अनबम्बरसमेत भनिने कान्जिस्की कुनै बेला प्रतिभाशाली व्यक्ति थिए ।

अमेरिकामा मार्शल प्लान
सन् १९४८ को ३ अप्रिलमा अमेरिकाका ३३ औँ राष्ट्रपति ह्यारी एस ट्रुम्यानले इकोनोमिक रिकभरी एक्ट, १९४८ मा हस्ताक्षर गरेका थिए ।

पछि यसलाई मार्शल प्लान भनेर चिनिन थालियो । दोस्रो विश्वयुद्धको अन्त्यपछि युरोपेली अर्थतन्त्रहरूको पुनर्निर्माण गर्न र कम्युनिष्टहरूलाई नियन्त्रणमा लिनबाट रोक्न सो योजनाअन्तर्गत १२ दशमलब ४ अर्ब डलर बिनियोजन गरिएको थियो ।

काटिन नरसंहार
सन् १९४० मा सोभियत फौजले करीब २२ हजार पोल्यान्ड नागरिकको हत्या गरेको थियो । काटिन नरसंहारलाई इतिहासमा युद्धबन्दीहरूको सबैभन्दा खराब नरसंहार मानिन्छ । जोसेफ स्टालिनले पोल्यान्डका सैन्य अधिकारी अफिसरसहितका सबै बन्दीलाई मृत्युदण्ड दिने आदेशमा हस्ताक्षर गरेका थिए।

 

प्रतिक्रिया