जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

admin

काठमाडौं, २० चैत : मोरङको कानेपोखरी गाउँपालिका–७ मा आइतबार बिहान जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।


मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् ।बा १७ च ७९७१ नम्बरको बोलेरो जिपले आइतबार बिहान साढे ५ बजे पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा मृत्यु भएको हो । सवारी साधन सहित चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया