संरक्षित वन्यजन्तुको अखेटोपहारसहित तीनजना पक्राउ

admin

काठमाडाैं, २२ चैत : भक्तपुरस्थित थिमी,मनोहरा नयाँ बस्तीबाट संरक्षित वन्यजन्तु कस्तुरीको विना जस्तो देखिने वास्नादार वस्तु पाँच थान र भालुको पित्त जस्तो देखिने वस्तु पाँच थानसहित तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा भक्तपुर,मनोहरा नयाँबस्ती बस्ने ४७ वर्षीय क्षत्र बहादुर बेगा,कोटेश्वर बस्ने १८ वर्षीय किशोर र जोरपाटी बस्ने ४६ वर्षीय लोेकेन्द्र बेगा रहेका छन् ।

प्रहरीका अनुसार उक्त स्थानमा संरक्षित वन्यजन्तु कस्तुरीको विना र भालुको पित्त कारोबार भएको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट उनीहरुलाई प्रहरीले प्रक्राउ गरेको हो ।

प्रतिक्रिया