Home

दमकमा ट्रयाक्टर दुर्घटन हुँदा एकजनाको मृत्यु

पिएनपि खबर

काठमाडौं,  २४ चैत : झापाको दमक नगरपालिका–१० जहदामा बुधबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रयाक्टरमा लेबर काम गर्ने दमक नगरपालिका–८ का अंदाजी २३ वर्षीय विकास ताजपुरिया रहेका छन् ।

घाइते उनको उपचारको क्रममा दमक स्थित एडभान्स अस्पतालमा हिजो साँझ साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो साँझ साढे ५ बजे मे १ त ३७४६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिएको थियो । ट्रयाक्टर चालक भने फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया