बुचा र इरपिनमा भएका नरसंहारबारे क्यानडाले रुसी राजदूतलाई बोलाउने

admin

मस्को, २४ चैत: युक्रेनी सहर बुचा र इरपिनमा भएका नरसंहारलाई लिएर क्यानडाले रुसी राजदूतलाई बोलाउने भएको छ । क्यानडाले बुचा र इरपिनको किभ उपनगरहरूमा सर्वसाधारणको हत्याका विवरणहरूमा राजदूतलाई बोलाउने तयारी गरेको क्यानडाका विदेशमन्त्री मेलानी जोलीले जानाकरी दिइन । सो हत्यालाई लिएर अन्तर्राष्ट्रिय स्तरमा आक्रोश बढेको छ ।

‘हामीले बुचामा जे देख्यौँ त्यसमा अमानवीयताको स्तर छ’, ब्राजिलको राजधानी ब्रसेल्समा नेटो मुख्यालयमा सञ्चारकर्मीहरूसँग उनले भनिन् । रुसमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल गर्न सदस्य देशका मन्त्रीहरूबीच बैठक हुँदैछ ।

क्यानडाका लागि रुसका राजदूत ओलेग वी स्टेपानोभलाई बुचा र इरपिनमा भएका नरसंहारका घटनाको चित्रहरूसहित उपस्थितिका सुनिश्चित गर्न आफूले उपमन्त्रीलाई निर्देशन दिएको मन्त्री जोलीले बताइन् ।

प्रतिक्रिया