फेरि बढ्यो सुन-चाँदीको मूल्य

पिएनपि खबर

काठमाडौँ, २५ चैत: सुनको भाउ शुक्रबार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यसअघि, बिहीबार सुन तोलाको ९९ हजारमा किनबेच भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार निर्धारण भएको छ ।

चाँदीको भाउ भने २१ रुपैयाँले बढेको छ। बिहीबार एक हजार तीन सय ३४ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँ निर्धारण भएको छ ।

 

प्रतिक्रिया