मुलुकको विकासका लागि सबै गम्भीर भएर लाग्नुपर्छ: मन्त्री कार्की

admin

काठमाडौं, २५ चैत : सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको बिकासका लागि सवै गम्भीर भएर लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाल व्यवस्थापन संघको आयोजनामा शुक्रबारबाट सुरु सीइओ सम्मेलन २०२२ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले मुलुकलाई आत्मनिर्भर बनाउदै मुलुकको बिकासका लािग सवै गम्भीर भएर लाग्नुपर्ने बताउनुभएको हो ।

उहाले आयातभन्दा पनि उत्पादन बृद्धि गरेर उचित बितरणमा लाग्नुपर्ने धारणा राख्नुभयो । मन्त्री कार्कीले एसियामा नै मुलुकलाई समृद्ध मुलुकको सूचीमा पुराउने जनताको चाहनलाई पुरा गर्न सवै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । बैंक तथा वित्तिय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशिलता र प्रविधि क्षेत्रलाई समेटेर सम्मेलनको आयोजना गरिएको संघले जनाएको छ ।

 

प्रतिक्रिया