कांग्रेस, एमाले र माओवादी कार्यकर्ताले नै राजा चाहिन्छ भन्ने थाले: राजेन्द्र लिङ्देन

admin

काठमाडौं, २५ चैत: राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशको अवस्थाले कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले राजसंस्था ठिक रहेको भन्न थालेको बताएका छन् ।

तस्विर: मच्छे नारायण श्रेष्ठ

काठमाडौंको खुलामञ्चमा शुक्रबार पार्टीको आयोजित आमसभालाई सम्बोधन गर्दै उनले २०४६ साल देशको नेतृत्व लिएका कांग्रेस, एमाले र माओवादीले मुलुकलाई असफल बनाउन लागेको आरोप लगाएका हुन् ।

तस्विर: मच्छे नारायण श्रेष्ठ

देशलाई असफल बनाउन लागेको देखेका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले देशमा त राजतन्त्र नै चाहिने रहेछ भनेर भन्न थालेको उनले बताए । उक्त तीन दललाई फेरि पनि निर्वाचित गराएमा देश श्रीलंका, युक्रेनजस्तो हुने भन्दै उनले राप्रपालाई निर्वाचित गराउन आग्रह गरे ।

‘कांग्रेस, एमाले , माओवादीलाई अब कति समय दिए, देश बनाउलान् ? अहँ अब बनाउँदैनन् । ३२ वर्षमा देशलाई असफल बनाउन लागे,’ अध्यक्ष लिङ्देनले भने, ‘अब यिनीहरुले देश बनाउँदैनन् । राप्रपालाई मत दिएर उनीहरुका बाकस (मतपेटिका) खाली गरिदिनुहोस् ।’

प्रतिक्रिया