माओवादी अध्यक्ष दाहालका भाइ राष्ट्रिय सभामा मनोनित

admin

काठमाडौं, २५ चैत : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायणप्रसाद दाहाल राष्ट्रिय सभामा मनोनीत भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी हुन् ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा चितवनका दाहाललाई राष्ट्रियसभामा मनोनित गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया