आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना

admin

काठमाडाैं, २७ चैत : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।

स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आइतवार बिहान प्रदेश १ र गण्डकी प्रदेशमा वर्षा भइरहेको मौसमविद वरुण पौडेलले जानकारी दिए।

यस्तै‚ प्रदेश १ मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ।

दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशको मौसम सामान्यतः सफा रहने जनाइएको छ।

राति प्रदेश १‚ मधेश‚ गण्डकी र बागमती प्रदेशमा सामान्य बदली रही प्रदेश १ र गण्डकीका पहाडी भू-भागका एक वा दुई हल्का वर्षाको सम्भावना रहेको छ।

अन्य भू-भागमा मौसम सामान्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया