एएफसी फुटसल: नेपाल र उज्वेकिस्तान भिड्दै

पिएनपि खबर

काठमाडौं, २७ चैत : एसियाली फुटबल महासंघ एएफसको कार्यतालिका अनुसार फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज आइतबार उज्वेकिस्तानको सामना गर्दैछ ।

कीर्गिस्तानको बिश्केकमा खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुनेछ ।

नेपाल बलियो प्रतिद्वन्द्वी उज्वेकिस्तानविरुद्ध जित निकाल्ने योजनामा हुनेछ । प्रतियोगिता अघि नेपालले स्थानीय क्लबसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

समूह बी मा नेपाल सहित उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान रहेका छन् ।

प्रतिक्रिया