गगन थापाको क्षेत्रबाट चुनाव लड्ने ‘मुकुन्दे’को घोषणा

admin

काठमाडाैं, २७ चैत : ‘मुकुन्दे’ नामले चर्चित मुकुन्द घिमिरेले काठमाडौं क्षेत्र नं ४ बाट उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौं-४ कांग्रेसका महामन्त्री गगन थापाले चुनाव जितेको क्षेत्र हो ।

उनले आज उम्मेदवारी घोषणा गर्दै नेकपा एमालेको सूर्य चिन्हबाट उम्मेदवार बन्ने सम्भावना रहेको बताएका छन् ।

‘मदन भण्डारीलाई गिरिजाबाबुले उठाए जसरी मलाई सूर्य चिन्हबाट उठाइयोस्,’ मुकुन्देले भने, ‘सूर्य चिन्ह नदिए अर्को ठूलो दल खोज्ने नभए स्वतन्त्र भएपनि उठ्ने हो ।’

हृदयश त्रिपाठी र कमल थापाले समेत सूर्य चिन्ह आशा राखेको तर्क गदै आफूले पनि त्यही आशा राखेको सुनाए । काठमाडौं ४ देशकै नम्बर एक क्षेत्र भएको तर्क गर्दै भने,‘मदन भण्डारी, विद्यादेवी भण्डारी जितेको क्षेत्र हो । सुप्रभा घिमिरे दिदी रोएको क्षेत्र हो ।’

आफू मदन भण्डारीको बिरासत थाम्नका लागि काठमाडौं ४ मा अगाडि बढ्ने निर्णयमा पुगेको सुनाए । चुनावमा गगन थापाविरुद्ध उठ्ने निर्णय हो भन्ने प्रश्नमा उनले भने,‘को को ठक्कर लाग्छन् बेग्ले कुरा हो ।’

काठमाडौं क्षेत्र नं ४ मा पशुपतिनाथ रहेको र आफू हिन्दू राष्ट्रको एजेन्डामा रहेको समेत सुनाए । आफ्नो मुख्य एजेन्डा मुकुन्दल्यान्ड बनाउने नै रहेको उनको भनाई थियो ।

 

प्रतिक्रिया