काभ्रेमा बम बिस्फोट, एकजना घाइते

admin

काभ्रे , २८ चैत : हिजो बिहान बनेपा नगरपालिका वडा नम्बर २ मा बम बिस्फोट भयो । स्थानीय मोहन बिक गम्भीर घाइते हुनुभएको छ । गम्भीर घाईते विकको वि एण्ड वि अस्पतालमा उपचार भैरहेको छ ।

बिकको घरमा रहेको बाँकी बम नेपाली सेनाले डिस्पोज गरेको छ । नेपाली सेनाको धुलिखेल स्थित कालिजंग गणका कर्नेल मिलन थापाका अनुसार बिकको घरमा रहेको ४ वटा बम डिस्पोज गरिएको हो ।

घटना यसरी भयो
बनेपा नगरपालिका वडा नम्बर २ को रोहिनी भञ्ज्याङमा सेनाले नियमित फायरिङको तालिम गर्दै आएको छ । स्थानीय बिकहरूले तालिममा प्रयोग भएका ती गोलीका खोका र बम टिपेर ल्याउँछन् । प्रशोधन गरी बिक्री वितरण गर्दै आएका थिए । सोही क्रममा हिजो बम बिस्फोट भएको हो ।

रोहिनी भञ्ज्याङ सैनिक ईलाका हो । बम सैनिक ईलाकामा भेटिएको भनिएता पनि कर्नेल थापा भने त्यो कुरा मान्न तयार हुनुहुन्न । ‘बम पूरै खियाँ लागेका थिए । यो बम कहाँबाट आयो भन्ने कुराको पहिचान गर्न हामीलाई पनि गाह्रो पर्यो ।

पाँच वटा मध्ये एउटा बिष्फोट भयो । बाँकी चार वटा डिस्पोज गरिएको छ । यो बम ‘मोटर’ मा प्रयोग गरिने बम हो । यो घातक बमभित्र पर्छ ।

सेनाले प्रयोग गरेको बम होकी होईन भन्ने कुराको यकिन गर्नै मुस्किल परेको छ । किन भने हामीले प्रयोग गर्ने हतियारको नम्बरिङ हुन्छ । आज बिष्फोट भएको र फेला परेको बममा नम्बर नै देखिँदैन् । कर्नेल थापाले भन्नुभयो ।’

यो ठाउँका विक जातीले सेनाले अभ्यास गर्न थालेदेखि नै फायरिङमा प्रयोग भएका गोलीका खोका र बम प्रशोधन गरेर बिक्री गर्दै आएको पाईएको छ । बम बिस्फोट हुँदा घाईते मोहन विकको घरमा समेत क्षति पुगेको छ

यो बम अन्य क्षेत्रबाट ल्याईएको होईन । सैनिक ईलाकाबाटै ल्याईएको स्थानीयले बताए । गाउँका अन्य विक जाती पनि त्यहि सैनिक ईलाकामा सेनाले प्रयोग गरेको गोलीका खोका र बम खोज्न जाने गरेका छन् ।

बम बिष्फोट हुँदा आसपासका स्थानीयले निकै ठूलो आवाज सुनेको बताए । रोहिनी भञ्ज्याङमा फायरिङ गर्दा सेनाले हरियारको सही रूपमा डिस्पोज नगर्दा यस्तो घटना भएको स्थानीयको बुझाई छ । सेनाले तालिमका लागि ल्याएको गोली र बम प्रयोग भएका र नभएका जथाभावी फाल्दा यस्तो घटना भएको स्थानीयको भनाई छ ।

खोका र बम भित्र तामाको तार हुन्छ । त्यहि तार कवडीमा बिक्री गरेर त्यहाँका स्थानीयले आफ्नो घर खर्च चलाउँदै आएका छन् । आज बिहानै कवाडी सामग्री लिन मोहनको घर पुगेका थिए । मोहनले कवाडीवालाई सामान देखाए । होलसेलमा मोलतोल भयो । तर अरू बेलाको भन्दा सामानको तौल बढी भएपछि कवाडीवालाले फोरेर भित्री भाग मात्रै दिनु नत्र सामान नलैजाने अड्डी कसे ।

त्यत्तिकैमा मोहनले बम फुटाउन हम्बरले हाने । मोहनले अरू बेलाको जस्तै सोचे । दुई पटकमात्रै हम्बर हानेका थिए । बम फुट्नुको सट्टा ठूलो आवाजमा पट्कियो । मोहन ढले । हातको मासु उछिट्टियो । कवाडीवाला भागे । हार गुहार चल्यो । सबै मिलेर मोहनलालाई अस्पताल लगे ।

प्रतिक्रिया