हन्ड्रेड ग्रुपले गर्यो बाजुरामा औषधीदेखि खाद्यन्न सम्मको सहयोग

admin

काठमाडाैं, २८ चैत: सुदुरपश्चिम नेपालको दुर्गम जिल्ला बाजुरामा हन्ड्रेड ग्रुपले औषधीदेखि खाद्यन्न सहयोग पु¥याएको छ । स्थानीय तथा राष्ट्रिय स्तरका दैनिक पत्रपत्रिकाले त्यहाँका स्थानीय बासिन्दाको दयनीय अवस्थाको समाचार छापेपछि हन्ड्रेड ग्रुप सहयोगका लागि जुटेको थियो ।

यसरी गाउँको समाचार एकाएक बाहिरिए पछि Dari Club USA, NY Nepali Kaam Post, Nepali Cricket Dallas, Gurkha Trades, NCC, Khatoon Foundation लगायतका विभिन्न संस्थाहरुले सहयोग गरे । त्यस्तै अस्मिता ढुंगाना, अनामिका अर्याल, सम्झना लामा, अञ्जना जोशी, हेम थापा, कुसल्टा केस्लर, रेणु खड्का, गीता अधिकारी, ज्योति लगायत बिभिन्न व्यक्तिहरुबाट संकलित झण्डै ६ लाख रकम बराबरको सहयोग हन्ड्रेड ग्रुपले पु¥याएको हो ।

बाजुरा जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने ठाउँमा खच्चरको प्रयोग गरि सहयोग सामग्री स्थानीयहरुको घरमै पुगेर वितरण गरिएको थियो ।औषधी देखि खाद्यन्नमा चामल, तेल र नुन, बालबालिकाको लागि शैक्षिक सामाग्री र कपडा, साबुनहरु आदि सहयोग वितरण गरिएको थियो । उक्त अभियानमा Routine Of Nepal Banda Team ले समेत मदत गरेको थियो ।

उक्त क्षेत्रका अधिकांश महिला र बालबालिकामा कुपोषण देखिएको थियो । हन्ड्रेट ग्रुप संस्थाबाट त्यहाँ पुगेका डाक्टरहरुको पहलमा उक्त गाउँका स्थानीयहरुको स्वास्थ्य परिक्षण समेत गरिएको थियो । डाक्टरहरु रामजि राम, महेन्द्र राज पाण्डे, पोषणविद् अस्मिता ढुङ्गाना, गौरव चौधरी, अमृत चन्द लगायतका डाक्टरहरुले गाउँमै पुगेर स्वास्थ्य परिक्षण गरेका थिए। डाक्टरहरुको प्रतिवेदन अनुसार खाद्यन्नकै कमिले गर्दाे अधिकाशं व्यक्ति तथा बालबालिकाहरुमा कुपोषण देखिएको बताएका छन् ।

पेटभरी खान नपाएका स्थानीयहरुले एका-एक खाध्यन्न सहयोग आउँदा आफुहरु निकै खुसि भएको बताएका छन्। १ बर्ष काम गरेर ३ महिना पनि पेटभरि खान नपुग्ने उक्त क्षेत्रमा यसरी राहत वितरण गरेर मानव सेवा गर्न पाउँदा आफुहरुले पुण्य कमाएको हन्ड्रेट ग्रुपका संस्थापक अध्यक्ष बव्लु गुप्ताले बताएका छन।

 

प्रतिक्रिया