निर्वाचनको वातावरण बनाउन सरकार गम्भीर हुनुपर्छ : सभामुख सापकोटा

admin

काठमाडाैं, २८ चैत : सभामुख अग्नी सापकोटाले निर्वाचनको वातावरण बनाउनका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोगले सोमबार ललितपुरमा आयोजना गरेको निर्वाचनको प्रक्रियामा सही सूचना प्रवाह विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख सापकोटाले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मुलुककै महान उत्सव भएको भन्दै स्वच्छ र निष्पक्ष निर्वाचनको वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने बताउनुभएको हो ।

निर्वाचनको वातावरण छैन भनेर निराश हुने ठाँउ नरहेको भन्दै उहाले निर्वाचन सम्पन्न गर्न ३३ दिन प्रयाप्त हुने धारणा राख्नुभयो ।उहाले उहाले निर्वाचनलाई सफल पार्न निष्टा र इमान्दारीपूर्वक लाग्नुपर्ने धारणा राख्नुभयो ।

संविधानलाई माथि उठाउने र निर्वाचनमा सहभागीता जनाउने बिषयमा राजनीतिक दलहरु पनि गम्भीर हुनुपर्ने उहाको भनाई छ । सभामुख सापकोटाले राजनीतिक दलहरु पारदर्शी र जवाफदेशी ढंगले जानुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया