ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु

admin

काठमाडाैं, २९ चैत : बारामा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । जीतपुर सिमरा उपमहानगरपालिका-७ बस्ने ६० वर्षीय कन्हैयाबहादुर क्षेत्रीको मृत्यु भएको हो ।

सोमबार दिउँसो २:३५ बजे वीरगञ्ज-पथलैया सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ स्थित सिपर्दी ट्रेडिङ नजिकै ना५ख ७५०७ नम्बरको ट्रकले प्रदेश २-०३-०१४ प.१३६२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया