नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा छैन्, यो चाँडै समाधान हुन्छ : पूर्व गभर्नर डा.नेपाल

admin

काठमाडाैं, २९ चैत : नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा नरहेको स्पष्ट पार्नुभएको छ ।

मंगलबार रिपोटर्स क्लवले काठमाडौंमा गरेको साक्षात्कारमा उहाले नेपालको अर्थतन्त्रमा देखिएको अहिलेको समस्या छिट्टै समाधान हुनेपनि विश्वास व्यक्त गर्नुभयो ।

उहाले नेपालको विदेशी ऋण पनि धेरै नरहेको भन्दै अहिलेको अवस्थामा सवैले संयमता अपनाउनुपर्ने बताउनुभयो । उहाले कोभिडपछिको अवस्थामा बजेटले सम्बोधन नगर्दा केन्द्रीय बैंकले सम्बोधन गरेको स्मरण गराउनुभयो ।

उहाले अर्थमन्त्री र केन्द्रीय बैंकबीच टसल हुने कुरा सामान्य भएको बताउनुभयो । उहाले केन्द्रीय बैंक सधैं कडा रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो ।

विलासी वस्तुको आयात नगर्नेजस्ता विषयमा केन्द्रीय बैंकले सबैको समन्वयमा त्यसखालको नीति लिनुपर्नेमा जोड दिँदै उहाँले युक्रेन र रसियाको युद्धको कारण खाद्य र तेलको मूल्य बढेको बताउनुभयो ।

पछिल्लो समय केन्द्रीय बैंकले लिएको नीतिगत कुराले अर्थतन्त्रलाई केही चाँडै नै सुधारमा ल्याउँने पनि उहाले बताउनुभयो ।

प्रतिक्रिया