निर्वाचनको ‘रकेट’ छुटिसक्यो, तोकिएकै मितिमा चुनाव हुन्छ : प्रमुख निर्वाचन आयुक्त

admin

काठमाडाैं, २९ चैत : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले घोषित मितिमा स्थानीय पालिकाको निर्वाचन हुने बताउनुभएको छ ।

विराटनगरमा मंगलबार प्रमुख आयुक्त थपलियाले निर्वाचनको ‘रकेट’ छुटिसकेकाले र अब रोक्न वा बदल्न नमिल्ने उल्लेख गर्नुभयो

निर्वाचन आयोग, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घद्वारा संयुक्त रूपमा आज यहाँ आयोजित प्रदेश नं १ स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचनको रकेट प्रक्षेपण भइसकेकाले आगामी वैशाख ३० गते स्वच्छ, निष्पक्ष, विश्वासिलो एवं भयरहित वातावरणमा सम्पन्न हुने प्रष्ट पार्नुभयो ।

उहाँले सङ्घीयता र लोकतन्त्र मजबुत बनाउने मुख्य कार्य आवधिक निर्वाचन भएको चर्चा गर्दै निर्वाचन नभए लोकतन्त्र हार्ने विचार राख्नुभयो ।

प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनका समयमा मिथ्या सूचना, दुष्प्रचार र घृणास्पत अभिव्यक्ति निष्तेज गर्न आवश्यक अनुगमनको संयन्त्र निर्माण गरी नियन्त्रण गर्ने दृढता व्यक्त गर्दै यस्ता कार्यबाट मुलुकमा इमानदारी र निष्ठाको राजनीति पराजित हुने धारणा राख्नुभयो ।

प्रतिक्रिया