‘शुभयात्रा विश्व साइकल अभियान’ सुरु

admin

काठमाडौँ, १ वैशाख : जलवायु परिवर्तनले पारेका प्रभावलाई न्युनिकरण गर्न विश्वको ध्यानाकर्षण गराउने उदेश्यका साथ शुभयात्रा विश्व साइकल अभियान सुरु गरिएको छ ।

साइकलयात्री शुभप्रसाद शर्माले विश्वका बिभिन्न देशमा साइकलयात्रा गर्न लाग्नुभएको हो । यात्राका क्रममा नेपालको झण्डा बोकेर भारत, बंगलादेश, म्याम्मार हुदै अन्य देश जाने शर्माले जानकारी दिनुभयो ।

अभियानका बारेमा जानकारी दिन बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाले विश्वव्यापी रूपमा देखिएको जलवायु परिवर्तन र यसले निम्त्याएका समस्याहरूलाई न्यूनीकरण गर्ने उद्देश्यबाट प्रेरित भएर विश्व साइकलयात्रा तय गरिएको उहाले बताउनुभयो ।

उहाले आउँदा दिनमा स्वच्छ वातावरणका लागि पेट्रोलियम पद्धार्थको प्रयोग बन्द गर्नुपर्नेमा जोड दिइने जानकारी दिनुभयो । शर्माले अनुमानित ५ बर्षको अवधिलाई भ्रमण समय मानेर यात्रा सुरु गरिएको बताउनुभयो ।

प्रतिक्रिया