ठुला भनिएका दलका कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बन्यो : राजेन्द्र लिङ्देन

admin

काठमाडौँ, १ वैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिएका दलहरुको कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले बिभिन्न परितर्वन भएपनि ठूला दलहरुका कारण मुलुक असफलतर्फ जाने खतरा रहेको र मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको आरोप लगाउनुभएको हो ।

उहाले देश असफल भए नेताहरुको केहि नबिग्रने तर युवाहरुको भविष्य बिग्रने धारणा राख्नुभयो । उहाले राप्रपाले देश र जनतामाथि धोका नगर्ने प्रतिवद्धता जनाउनुभयो ।

राप्रपाले अहिले चलाएको अभियान र आन्दोलन देशलाई माया गर्ने सवै जनताले चलाएको अभियान भएको उहाको भनाई छ ।कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई अध्यक्ष लिङ्देनले राप्रपा प्रवेश गराउनुभएको थियो ।

 

प्रतिक्रिया