ललितपुर महानगर मेयरकाे उम्मेदवारका लागि कांग्रेसले सिफारिस गर्‍याे सात जनाकाे नाम

पिएनपि खबर

ललितपुर, २ वैशाख : नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरकाे उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ।

कांग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो । कांग्रेस ललितपुर महानगर कार्यसमितिले नाम सिफारिस गरेकाे हाे ।

महानगरमा मेयरकाे उम्मेदवारकाे टुंगाे कांग्रेस केन्द्रीय कार्यसमितिले लगाउनेछ । कांग्रेसले स्थानीय तहकाे निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरिसकेकाे छ ।

प्रतिक्रिया