ललितपुर महानगरपालिकामा मेयरको दाबी छुटाउन गलत समाचारको सहारा लिइयो; राजेश महर्जन

admin

लामो समयदेखि नेपाली कांग्रेसबाटै राजनीतिमा सक्रिय र पेशाले कानुन व्यवसायी अधिवक्ता राजेश महर्जन ललितपुर महानगरपालिकामा मेयर पदका प्रवल दाबेदारका रुपमा अगाडी आइरहेका छन्। तर पछिल्लो समय केहि मिडियाहरुमा “राजेश महर्जन स्वभाविक प्रत्यासी रहे पनि उनीलाई बागमती प्रदेशको सदस्यमा मनोनीत गरेर व्यवस्थापन गरिएसँगै मेयरको दौडमा अघि नबढ्ने पार्टीभित्र अपेक्षा गरिएको छ” भनेर दुष्प्रचार गरिएको उनले बताए।

२०४६ सालको जनआन्दोलन देखि नै नेबि संघको राजनीतिबाट नेपाली काङ्रेसको विभिन्न तह तप्कामा रहेर कार्यभार सम्हाली सकेका राजेश महर्जन नेपाली काङ्ग्रेसको ११औ महाधिवेशनबाट नगर सचिब र १२औ अधिबेशनबाट क्षेत्रीय सचिब साथै १३औं अधिबेशनबाट महानगर सभापतीको जिम्मेवारी सम्हालि सकेका व्यक्तित्व हुन्। गत चैत्र ७ गते पार्टीको विधान १३ (६) अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले महर्जन सहित १६ जनालाई नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा मनोनीत गरेका थिए।

तर मेयर पदको दाबी छुटाउनकै लागि आफुलाई बागमती प्रदेश सदस्य मनोनीत गरेको भन्ने समाचार गलत सम्प्रेषण गरिएको उनको दाबी छ। नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा मनोनीत गरेर मेयर पदमा झन् प्रबल दाबेदारको रुपमा आफुलाई पार्टीले हेरेको उनको बुझाइ रहेको छ।

उनले आफ्नो सामाजिक संजाल मार्फत उक्त समाचारको खण्डन गर्दै ललिपुर महानगरपालिकाका जनताले आफुलाई भावी मेयरका रुपमा हेर्न चाहेको प्रष्ट पारेका छन्। कसैले नियतबस यस्ता समाचार सम्प्रेषण गर्न लगाएको समेत उनले आरोप लगाएका छन्।

यस्तो छ उनको बिज्ञप्ति:

कुनै कुनै मिडियाले ललितपुर महानगर पालिकामा मेयरको दाबी छुटाउन मलाई बागमती प्रदेश सदस्य मनोनीत गरेको भन्ने गलत समाचार सम्प्रेषण गरिएको रहेछ । मलाई मेयरकाे दाबी छाेडाउन बागमती प्रदेश सदस्य मनाेनित गरेकाे हाेईन । जाेसुकैले याे समाचार सम्प्रेषण गर्ने, गराउन लगाउने गरेकाे भए पनि अब आईन्दा सत्य तथ्य नबुझि समाचार सम्प्रेषण नगर्न नगराउन हुन अनुराेध गर्दछु ।
जय नेपाल !!

प्रतिक्रिया