उत्कृष्ट चुनावी गीत बनाउनेलाई कांग्रेसको २ लाख ७५ हजार पुरस्कार

admin

काठमाडाैं, २ वैशाख : नेपाली कांग्रेसले पार्टीको पक्षमा उत्कृष्ट गीत बनाउनेलाई पुरस्कृत गर्ने भएको छ । कांग्रेसले उत्कृष्ट अडियो–भिडिओ बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने जनाएको हो ।

कांग्रेस स्थानीय निर्वाचन केन्द्रीय प्रचार-प्रसार समितिअन्तर्गतको सांस्कृति समन्वय उपसमितिले उत्कृष्ट अडियो–भिडियो निर्माण गरेर त्यसको लिंक उपसमितिको फेसबुक म्यासेन्जरमा पठाउन सकिने जनाएको छ ।

गीतमध्ये दर्शक, श्रोता र छनोट समितिको निर्णयका आधारमा उत्कृष्ट ठहरिने उपसमिति संयोजक डी.बी. गुरुङले बताए । उनले त्यसरी छनोट भएको गीतलाई पुरस्कार प्रदान गरिने बताएका छन् ।

प्रतिक्रिया