काम नगर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउन औंठाछापसहितको तमसुकपत्र पोखरामा बितरण

admin

काठमाडौं, ३ वैशाख :  उन्नत लोकतन्त्र पार्टीले आज पोखरामा एक कार्यक्रम गरि निर्वाचित जनप्रतिनिधिले काम नगरेको खण्डमा अदालतमा मुद्दा नै दर्ता गरेर फिर्ता बोलाउन सक्ने औठाछापसहितको तमसुकपत्र सार्वजनिक गरेको छ।

उन्नत लोकतन्त्र पार्टीले भ्रष्टाचार रहित राष्ट्र निर्माणका लागि “शान्तिको लागि सुशासन” पदयात्रा कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर ८ सिर्जना चोकबाट शुरु भइ पृथ्वीचोक पुगेर कोणसभा गर्दै नव बर्ष २०७९ सालको शुभकामना आदानप्रदानको साथमा चुनावलाई लक्षित गरी तयार पारिएको २१ बुँदे तमसुकपत्र सार्वजनिक गरेको हो ।

कार्यक्रममा पुर्व सञ्चारकर्मी, साहित्यकार एवम “उन्नत उन्नत लोकतन्त्र पार्टी नेपालका संस्थापक अध्यक्ष स्वागत नेपाल सहित परराष्ट्र तथा प्रबुद्ध समिति संयोजक नेपाल बायुसेवा निगमका पुर्व महानिर्देशक वरिष्ठ क्याप्टेन के. बि. लिम्बु, उद्योग बाणिज्य आपूर्ति बिभाग प्रमुख रामराजा आचार्य, प्रबक्ता साजन बिश्वकर्मा, संगठन बिभाग प्रमुख सन्तोष अधिकारी, सचिवालय सदस्य शिवराम थापा सहित केन्द्रिय नेताहरुको उपस्थितिमा पोखरा महानगरपालिका नगर प्रमुख उम्मेदवार आशिष थापा(श्याम) ले सार्वजनिक गरेको तमसुकपत्रमा दुबै हातको बुढीऔलाको औंठाछाप लगाइ स्थानीय पोखरा निवासी पृथ्वी चोक नेवाःखल अध्यक्ष केदार प्रसाद श्रेष्ठलाई तमसुक हस्तान्तरण गरेका थिए ।

उन्नत लोकतन्त्र पार्टीबाट पोखरा नगर प्रमुखका उम्मेदवार आशिष थापाले बिजय हासिल गरेमा शिक्षा, स्वास्थ, बिजुली ,पानी र आवास बिहिनहरुलाई आवास निःशुल्क उपलब्ध गराउने बताएका छन् ।

सार्वजनिक गरिएको तमसुकमा चुनावमा मतदातालााई आकर्षित गर्न एक रुपैया पनि खर्च नगर्ने तमसुकपत्रमा उल्लेख छ । त्यस्तै पानी, स्वास्थ्य, शिक्षा र भूमिहिनलाई आवासको निर्देशिका बनाई निशुल्करुपमा उपलब्ध गराउने, सबै पालिकामा जंगली जनावरले बालीमा पु¥याउन सक्ने क्षती तत्कालै रोक्ने र रोक्न नसके सम्पूर्ण क्षति व्यहोर्ने उल्लखे गरिएको छ ।

त्यस्तै भ्यू टावर र स्वागतद्धारका लागि कुनै रकम विनियोजन नगर्ने, राजनितीक आधारमा दिएको चन्दा पुरस्कार रोक्ने र पालिकाले लगाएको दोहोरो तेहेरो कर रोक्ने पनि तमसुकपत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया