कस्ताे छ आजकाे माैसम ?

admin

काठमाडाैं, ४ वैशाख : हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

राति पहाडी भूभागमा आंशिक बदलीकाे सम्भावना छ । सोमबार दिउँसो पनि पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

प्रतिक्रिया