नवौँ राष्ट्रिय खेलकुदः लोगो, मस्कट, गीत रचना र नारा पेश गर्न आह्वान

पिएनपि खबर

काठमाडौं, ४ बैशाख : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकाे लागि लोगो, मस्कट, गीत रचना र नारा पेश गर्न राष्टिय खेलकुद परिषद् (राखेप)ले आह्वान गरेकाे छ । राखेपले ११ बैशाखसम्म प्रस्ताव पेश गर्न आह्वान गरेको हो । आगामी २२ देखि २८ जेठसम्म गण्डकी प्रदेशमा प्रतियाेगिता हुँदैछ ।

गत साता बसेको मन्त्रिपरिषद्को निर्णयले प्रतियोगिता जेठ तेस्रो साता गर्ने निर्णय गरेको हो ।

लोगोमा गण्डकी प्रदेशको समग्र प्रतिबिम्ब, नवौँ राष्ट्रिय खेलकुद र शक्तिको प्रतिक भएको हुनुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, मस्कटका लागि गण्डकी प्रदेशको प्रख्यात जनावर, गीत रचनाका लागि बढीमा चार मिनेट हुनुपर्ने ,राष्ट्रिय भावनाले ओतप्रोत भएको, खेल, खेलाडीको भावना समेटिएको हुनु पर्ने छ ।

छनोट भएका लोगोलाई ५० हजार रुपैयाँ, मस्कटलाई २५ हजार रुपैयाँ, गीत रचनालाई २० हजार रुपैयाँ र नारालाई १० हजार रुपैयाँ प्रदान गरिने उल्लेख छ ।

प्रतिक्रिया