उन्नत लोकतन्त्रको चुनावी कार्यक्रममा नायक निखिल उप्रेती,५६ जनाले गरे एकै दिन पार्टी प्रवेश

admin

काठमाडौं, ४ वैशाख :  बाराको निजगढ नगरपालिकामा मेयर पदका लागि बरिष्ठ पत्रकार गीता मैनालीले उन्नत लोकतन्त्र पार्टीको तर्फबाट उम्मेरदवारी दिने भएकी छन् ।

आज निजगढमा  उन्नत लोकतन्त्र पार्टीका संस्थापक अध्यक्ष स्वागत नेपालको प्रमुख आतिथ्यतामा भएको चुनावी अभियान कार्यक्रममा सो कुराको जानकारी गराइएको हो । कार्यक्रममा नेपाली सिने जगतका एक्सन नायक भनेर चिनिने अभिनेता निखिल उप्रेतीको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै अभिनेता उप्रेतीले राजनितीबाट हराउँदै गएको अध्यात्म र दर्शनलाई पुर्नस्थापना गर्न उन्नत लोकतन्त्र पार्टीले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

शिक्षा, स्वास्थ, बिजुली ,पानी र आवास बिहिनहरुलाई निःशुल्क आवास उपलब्ध गराउने औठाछापसहितको तमसुकपत्र बोकेर बाराको निजगढ पुगेको उन्नत लोकतन्त्र पार्टीले ठूलो संख्यामा त्यहाँका नागरिकलाई पार्टी प्रवेश गराएको छ । कार्यक्रममा आज एकैदिन ५६ जना स्थानीयहरुलाई पार्टी प्रवेश गराइएको हो ।

उन्नत लोकतन्त्र पार्टीद्वारा सार्वजनिक गरिएको तमसुकमा चुनावमा मतदातालााई आकर्षित गर्न एक रुपैया पनि खर्च नगर्ने प्रतिबद्धता केहिदिन अघि नै सार्वजनिक गरिएको थियो ।

त्यस्तै पानी, स्वास्थ्य, शिक्षा र भूमिहिनलाई आवासको निर्देशिका बनाई निशुल्करुपमा उपलब्ध गराउने, सबै पालिकामा जंगली जनावरले बालीमा पु-याउन सक्ने क्षती तत्कालै रोक्ने र रोक्न नसके सम्पूर्ण क्षति व्यहोर्ने लगायतका योजना समेटिएका औँठाछाप सहितको तमसुकपत्र लिएर उन्नत लोकतन्त्र पार्टी चुनावी अभियानको देश दौडाहमा लागेको छ ।

प्रतिक्रिया