प्रचण्डको इलाकामा स्वागत नेपालको धमाका; रेणु दाहाललाई ठुलो झट्का

admin

चितवन, ५ वैशाख : लामो समयदेखि राइट टु रिजेक्ट र राइट टु रिकलको व्यवस्था नेपालको राजनीतिमा हुनुपर्छ भन्दै बिभिन्न चरणमा आन्दोलनदेखि मुद्दा मामिला समेत गर्दै आएका अधिवक्ता स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीले चितवन जिल्लामा आफ्नो कार्यालय उद्घाटन गरेको छ।

भरतपुरको बाइपास रोडमा शनिबार एक कार्यक्रम आयोजना गरि पार्टीका केन्द्रिय अध्यक्ष स्वागत नेपालले पार्टीको बोर्डमा लेखिएको नाम पढेर कार्यालयको उद्घाटन गरेका हुन। उक्त कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले संख्याको आधारमा कुनै पनि पार्टी सानो र ठुलो नहुने तथा पार्टीको निति, भावी र संकल्प हेरेर मात्र कत्रो पार्टी हो भनेर छुट्याउन जनतालाइ अनुरोध गरे।

कार्यालय उद्घाटन गर्दै नेपालले चितवन जिल्ला अब ठुला भनौदा पार्टीको मात्र नरहेको बताए। उन्नत लोकतन्त्रको आगमनसंगै चितवन जिल्ला अब प्रचण्डको मात्र जिल्ला हैन दिपेन्द्र बास्तोलाको पनि हो भन्दै छोटो समयमा नै पार्टीप्रति आम जनताको आकर्षण बढ्दै गएको उनले दाबी गरे।

चितवन जिल्लाको भरतपुर महानगरपालिकामा उन्नत लोकतन्त्र पार्टीले मेयर पदमा जिल्ला संयोजक दिपेन्द्र बास्तोलालाई उम्मेदवार उठाउने निर्णय गरेको समेत उनले बताए । सकेसम्म धेरै वडाहरुमा आफ्नो उम्मेदवार उठाउने उनको भनाइ थियो। योसंगै भरतपुर महानगरपालिकामा बहालवाला मेयर रेणु दाहाललाई आगामी चुनावमा ठुलो झट्का लाग्ने भरतपुरबासीहरुले अनुमान गरेका छन्।

कार्यक्रममा पार्टीका अन्तर्राष्ट्रिय बिभाग प्रमुख केबि लिम्बु, उद्योग बाणिज्य बिभाग प्रमुख रामराजा आचार्य, ईश्वरी सिंह लगायतले सम्बोधन गरेका थिए। चितवन जिल्ला संयोजक दिपेन्द्र बास्तोलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रिय प्रवक्ता साजन विश्वकर्मा, संगठन बिभाग प्रमुख सन्तोष अधिकारी, खेलकुद बिभाग प्रमुख अर्जुन गौतम लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया