पाँच करोडको कारोबार गर्दै सकियो व्यापार मेला

admin

भक्तपुर, ५ वैशाख : पाँच करोड रुपयाँ बराबरको कारोबार गर्दै भक्तपुरमा जारी सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा सम्पन्न भएको छ ।

मेलामामा करिब ४ लाख आगन्तुकले भ्रमण गरेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाले जनाएको छ ।

मेलाका संयोजक दीपक थापाका अनुसार मेलामा दैनिक जीवनमा प्रयोगमा हुने उपभोग्य सामाग्री, खाद्यान्न, लुगाकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीका स्टल रहेका थिए ।

औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले मेलामा सहभागीता जनाएका थिए ।

प्रतिक्रिया