शिक्षा सुधारबारे शिक्षामन्त्री र एडीबीका उपाध्यक्षबीच भेटवार्ता

admin

काठमाडौं, ५ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंक (एडीबी) का उपाध्यक्ष सिचिन छिनबीच नेपालको शैक्षिक सुधारका विषयमा आज भेटवार्ता भएको छ ।

भेटमा शिक्षामन्त्री पौडेलले नेपालका शिक्षा क्षेत्र सुधारका विभिन्न प्रस्ताव राखेको मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री पौडेलले तीन वर्षमा सबै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने, शिक्षक दरबन्दी पूरा गर्ने, क्याम्पसहरूको पुनर्निर्माण गर्ने, शिक्षकहरूलाई तालिमको व्यवस्थापन गर्ने, प्राविधिक शिक्षा विस्तार गर्ने र शिक्षण संस्थामा आईसीटी ल्याबहरू पु¥याउनेलगायत प्रस्ताव गर्नुभयो । मन्त्री पौडेलको प्रस्तावमा उपाध्यक्ष छिनले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले शिक्षा क्षेत्रमा एडीबीका निरन्तर सहयोग रहेकोसमेत स्मरण गराउँदै आगामी दिनमा विद्यालय क्षेत्र विकास कार्यक्रम, प्राविधि तथा व्यावसायिक शिक्षा र तालिम र उच्च शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया