स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा सर्दैन: प्रचण्ड

admin

काठमाडौं, ५ वैशाख : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने स्पष्ट पार्नुभएको छ ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्डले देश निर्वाचन प्रक्रियामा होमिसकेको भन्दै बैंशाख ३० गते नै निर्वाचन हुने बताउनुभयो ।

त्यस्तै उहाले तोकिएको समयमा नै निर्वाचन गर्न गठबन्धन दृढ रहेको भन्दै नेपालमा चुनावकै दिन बिहान पनि निर्वाचन सर्छ भन्ने हल्ला चल्ने गरेको जिकिर गर्नुभयो ।

प्रचण्डले चूनावी तालमेलमा गठबन्धन दलबीच सहमति हुने भन्दै सहमति नभए एक्लै चूनाव लड्न आफु तयार रहेको धारणा राख्नुभयो ।

प्रचण्डले गठबन्धनमा ६ वटा महानगरमध्ये एउटा माओवादी केन्द्रलाई पर्नु पर्ने दावी गर्नुभयो । तर भरतपुर नै चाहिन्छ भने अडान नरहेको उहाको भनाई छ ।

प्रचण्डले भरतपुरमा माओवादी केन्द्रले जितिरहेको भन्दै कांग्रेसले पनि माओवादी केन्द्रलाई नै दिनुपर्छ भनेको बताउनुभयो ।

त्यस्तै उहाले मुलुकमा दुईबटा गठबन्धन रहेको र त्यसमध्ये एउटा गठबन्धन होली–वाइन वाला र राजावादी प्रतिगामीहरुको अर्को गठबन्धन संविधान रक्षा गर्नेहरुको भएको तर्क गर्नुभयो ।

विप्लव नेतृत्वको नेकपा निर्वाचनमा आउन चाहे उचित वातावरण निर्माण गर्ने नीति रहेको उहाको भनाई छ । त्यस्तै उहाले निर्वाचनमा टिकट नपाउनेले बागी उठ्ने सम्भावना हुने र त्यसले खासै ठूलो असर नपार्ने बताउनुभयो ।

प्रतिक्रिया