भारतीय सेनाको नयाँ प्रमुखमा लेफ्टिनेन्ट जनरल मनोज पाण्डे

पिएनपि खबर

काठमाडौं, ६ वैशाख : भारतीय सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल मनोज पाण्डे भारतीय सेनाको नयाँ प्रमुखमा नियुक्त भएका छन् । उनले १ मेदेखि पदभार ग्रहण गर्नेछन् । कोर्पस अफ इन्जिनियर्सबाट प्रधानसेनापति बन्ने उनी पहिलो अधिकृत हुन् । उनी जनरल मनोज मुकुन्द नरवणेको उत्तराधिकारी हुनेछन् । नरवणेको कार्यकाल ३० अप्रिलमा पूरा हुँदैछ ।

‘सरकारले लेफ्टिनेन्ट जनरल मनोज पाण्डेलाई नयाँ सेना प्रमुखको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ’, रक्षा अधिकारीहरूको भनाई उदृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ ।

नेसनल डिफेन्स एकेडेमीका पूर्वछात्र लेफ्टिनेन्ट जनरल पाण्डे सन् १९८२ को डिसेम्बरमा कोर्पस अफ इन्जिनियर्समा भर्ती भएका थिए । उनले जम्मु कश्मीरको नियन्त्रण रेखाको किनारमा पल्लनवाला सेक्टरमा अपरेसन पराक्रममा इन्जिनियर रेजिमेन्टको कमाण्ड गरेका थिए ।

प्रतिक्रिया