देशभर कैदीबन्दीको संख्या २५ हजारभन्दा बढी, कैदीबन्दीलाई छैन मतदानको अधिकार

पिएनपि खबर

काठमाडौं, ६ चैत : देशभर कुल कैदीबन्दीको संख्या २५ हजार ७२ रहेको छ । कुल कैदीबन्दीमध्ये १ हजार ३ सय ८४ जना विदेशी रहेका छन् ।

कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामचन्द्र सिवाकोटीका अनुसार अहिले देशका विभन्न जेलहरुमा १३ हजार ७३१ पुरुष कैदी र ७८० जना महिला कैदी रहेका छन् ।

यस्तै, देशमा अहिले ९ हजार ९६९ पुरुष र ५९२ जना महिला बन्दीहरु रहेको उनले जनाए । देशका ८ वटा बालसुधार गृहमा ५०३ जना कैदी र ५२५ जना बन्दी रहेका छन् ।

देशका विभिन्न जेलमा रहेका कैदीबन्दीहरुले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाउने विभागका सूचना अधिकारी सिवाकोटीले बताए ।

‘कैदीबन्दीलाई मतदानसमा सहभागी गराएका मैले अहिलेसम्म थाहा पाएको छैन । यसपटकको निर्वाचनमा पनि उनीहरुले मतदान गर्न पाउने छैनन् । यसैकारण उनीहरुको मतदाता परिचयपत्र पनि बनाइएको छैन,’ सूचना अधिकारी सिकाकोटीले न्युज कारखानासँग भने ।

प्रतिक्रिया