आगामी निर्वाचनमा अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्छ : उपमहासचिव खतिवडा

admin

काठमाडौं, ५ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले आगामी निर्वाचनमा अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा समाजवादी प्रेस सङ्गठन नेपालको उपत्यकास्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै खतिवडाले मुलुकमा प्रतिगमन शक्तिले असंवैधानिक गतिविधि गरेकाले अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्ने बताउनुभएको हो ।

उहाले नेता खतिवडाले संविधानको रक्षा गर्दै प्रतिगमनविरुद्ध गठबन्धन बनाएकाले आसन्न निर्वाचनमा साझा उम्मेदवारले सफलता प्राप्त गर्ने दावी गर्नुभयो ।

स्थानीय निर्वाचनबाट धेरै कुरा सिक्दै त्यसको प्रयोग आम निर्वाचनमा गर्ने उहाले बताउनुभयो । उहाले स्थानीय तहको घोषणपत्रमा पार्टीले निकै राम्रो काम समावेश गरेको दावी गर्नुभयो ।

त्यस्तै समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले संविधानको रक्षाका लागि क्रियाशील भई पाँच दलीय गठबन्धनका नीति तथा कार्यक्रलाई जनतामाझ पु¥याउनुपर्ने बताउनुभयो ।

सङ्गठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले स्थानीय तहको निर्वाचनमा गठबन्धनका साँझा उम्मेदवारका विचारलाई मतदातासम्म लगेर अग्रगमनका पक्षमा जनमत बनाउनुपर्नेमा जोड दिनुभयो ।

एकीकृत समाजवादीको घोषणापत्रमा जस्तोसुकै परिस्थिति आइलागे पनि लोकतन्त्र, राष्ट्रियता र जनजीविकाको अभियानमा निरन्तर अगाडि बढ्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।

त्यस्तै बिभिन्न आयोजनाको सुरुवात गरिएको, प्रत्येक घर परिवारलाई मासिक २ सय युनिट बिजुली उपलब्ध गराउने, भ्रष्टाचार निर्मुल पार्ने, हरेक पालिकामा पुस्तकालय बनाउने लगाएतका बिषयलाई घोषणापत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा एकीकृत समाजवादी र नेकपा गौरवशालीबीच एकीकरण घोषणा गरिएको थियो ।

 

प्रतिक्रिया