सानिमा बैंकले ल्यायो ‘सानिमा डबल धमाका मुद्दती खाता’

admin

काठमाडौं, ६ वैशाख : सानिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरूलाई सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ ।

सानिमा डबल धमाका मुद्दती खाता व्यक्तिगत ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरूले न्यूनतम ५ लाख रुपैयाँको मुद्दती खाता खोल्न सक्नेछन् ।

ग्राहकहरूले यो योजनामा उक्त रकम साढे ६ बर्षमा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन् । मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् दोब्बर भई भुक्तानी गरिनेछ । प्रतिफलमा लाग्ने कर रकम ग्राहकहरू स्वयंले ब्यहोर्नु पर्ने बैंकले जनाएको छ।

व्यवहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन सक्नेछन् । ग्राहकले रु. २ लाख सम्मको निःशुल्क क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन् ।

यस योजना अन्तर्गत एक भन्दा बढी मुद्दती खाताहरू समेत खोल्न सक्नेछन् । सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११५ वटा एटीएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया