बालिबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

पिएनपि खबर

काठमाडौं, ७ वैशाख : बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदैछ । दाेस्राे चरणकाे राष्ट्रिय अभियान मंगलबारबाट सुरु भएकाे थियाे । आज सकिँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन थालिएकाे हाे ।

२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य छ ।

स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउनेछन् । अभियान ७ सय ५३ वटै स्थानीय तहमा सञ्चालन भइरहेकाे छ ।

प्रतिक्रिया