भक्तपुरमा कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा सुरु

admin

काठमाडौं, ७ वैशाख : भक्तपुरमा आआधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) २०७८ बुधबारबाट सुरू भएको छ ।

२०७४ सालदेखि स्थानीय निकायबाट सञ्चालन भएको आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा यसवर्ष पाँचौं पटकको रहेको जनाइएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ती स्कुलहरुमा परीक्षा सुरु भएको हो ।

परीक्षामा जम्मा परिक्षार्थी संख्या दुई हजार पाँंच सय ८१ रहेको जनाइएको छ । सामुदायिक विद्यालयबाट सहभागी संख्या सात सय ८६ र संस्थागत विद्यालयबाट सहभागी संख्या एक हजार सात सय ९५ रहेको जनाइएको छ । संस्थागत विद्यालय संख्या ४८ र परीक्षा केन्द्रको संख्या १२ रहेका छन् ।

यसैगरी आजदेखि नै कक्षा ५ को वार्षिक परीक्षा पनि भक्तपुर नगरपालिकाबाट सञ्चालन भएको छ । कक्षा ५ को वार्षिक परीक्षा यस वर्षदेखि मात्र नगरपालिकाले सञ्चालन गरेको जनाइएको छ ।

यसमा जम्मा ७९ वटा विद्यालयबाट दुई हजार दुई सय २६ जना परीक्षार्थीहरू परीक्षामा सहभागी रहेका छन् । भक्तपुर नगरपालिका नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यका अनुसार वैशाख १५ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।

प्रतिक्रिया