ब्राउनसुगरसहित तीन जना पक्राउ

admin

बुटवल, ७ वैशाख : बुटवलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले ५ ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का स्थानीय राजेश विश्वकर्मा, लक्ष्मण पुन र अविनाश थापा रहेका छन् ।

गोप्य सूचनाका आधारमा नहरपुर पुगेको प्रहरी टोलीले तीन जनाबाट ५ ग्राम ३० मिलीग्राम ब्राउन सुगर बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए । उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया