६३ देशमा गरिएको अध्ययनले भन्छ–अधिकांश संरक्षित क्षेत्रले वन्यजन्तुलाई फाइदा गरेको छैन्

पिएनपि खबर

लन्डन, ८ वैशाख : प्रकृतिका लागि स्पष्ट रूपमा छुट्टाइएको क्षेत्रले वन्यजन्तुलाई सक्रिय रूपमा फाइदा नगर्ने एउटा अध्ययनले देखाएको छ । संरक्षित क्षेत्रहरूको अहिलेसम्मको सबैभन्दा ठूलो अध्ययनले यस्तो खुलासा गरेको हो ।

वैज्ञानिकहरूले ६८ देशमा १५ सय संरक्षित क्षेत्रहरूको प्रभावबारे जाँच गरेका थिए । उनीहरूले सीमसार र जल पंक्षीहरूमा जोड दिएका थिए । वासस्थानहरूलाई प्रभावकारी रूपमा व्यवस्थित गर्न आवश्यक रहेको र यसले प्रकृतिलाई बढावा दिने अध्ययनका लेखकहरू बताउँछन् ।

‘त्यहाँ नियमहरू हुन र पुनस्र्थापना गर्न आवश्यक छ’, एक्सेटर विश्वविद्यालयको इकोलोजी र संरक्षण केन्द्रका प्रमुख अनुसन्धानकर्ता डा. हाना वाउचोपले भनिन् ।

एउटा उदाहरण पेस गर्दै उनले अगाडि भनिन्, ‘हामीले क्षेत्र वरिपरि रेखा कोरेर तपाई यहाँ कार पार्क बनाउन सक्नुहुन्न भन्न सक्दैनौँ । ’

अध्ययनले संरक्षित क्षेत्रको सफलताको मापनको रूपमा सिमसार चराहरूको जनसंख्याको प्रवृत्ति प्रयोग गरेको छ ।

अनुसन्धानकर्ताहरूले आधिकारिक रूपमा संरक्षित गर्नुअघि र पछि ती क्षेत्रहरूको तुलना गरेका थिए । त्यस्तै, उनीहरूले संरक्षित क्षेत्रभित्र र क्षेत्रबाहिर समान पंक्षीहरूको संख्याको प्रवृत्तिहरू तुलना गरेका थिए ।

‘हामीले अध्ययन गरेका धेरैजसो ठाउँहरूमा वन्यजन्तुको जनसंख्या अझै स्थिर थियो वा बढ्दै गएको थियो । तर, तिनीहरूले असुरक्षित क्षेत्रहरूभन्दा राम्रो काम गरिरहेका थिएनन’, उनले भनिन् ।

अध्ययन बेलायतको नेचर जर्नलमा प्रकाशित छ ।

प्रतिक्रिया