आज विश्व पृथ्वी दिवस: ‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ मनाइँदै

admin

पृथ्वी दिवस

काठमाडाैं, ९ वैशाख : आज विश्व पृथ्वी दिवस, ‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

विश्व पृथ्वी दिवसका दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरिन्छ । दिवसको अवसरमा पर्यावरण तथा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम हुँदै आएका छन् ।

रुख रोप्ने, हरियाली बढाउने, साइकल चलाउने र सकेसम्म पुनः प्रयोग गर्न मिल्ने ऊर्जा तथा प्लास्टिकको कम प्रयोगमा जोड दिने गरिन्छ ।

पृथ्वीको बढ्दो तापमान अहिलेको मुख्य चुनौती बनेको छ । बर्सेनि शून्य दशमलव १८ डिग्री सेन्टिग्रेडका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ ।

जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा बरफका चुचुरा पग्लिँदै गएका छन् । प्राकृतिक विपद्का घटनामा वृद्धि भइरहेका छन् ।

सन् १९७० अप्रिल २२ तारिखमा विश्वमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो । सन् २००९ मा संयुक्त राष्ट्र सङ्घको ६३ औं महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ ।

प्रतिक्रिया