निर्वाचनकाे २१ दिन बाँकी : ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापियो

पिएनपि खबर

काठमाडौं, ९ चैत : आगामी ३० वैशाखमा तय भएकाे स्थानीय तहको निर्वाचनका लागि २४ जिल्लाको मतपत्र छापिन मात्रै बाँकी छ ।

निर्वाचन आयोगका अनुसार ५३ जिल्लाका लागि मतपत्र छपाई सकेर मुगु, बाजुर, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखम्बु र काठमाडौंमा निर्वाचन सामाग्रीसमेत पठाइसकिएको छ ।

‘वैशाख ८ गतेसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छपाइको काम सकिएको छ, बाँकी २४ जिल्लाका मतपत्र छपाइको काम सुरु गरिँदैछ,’ आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । उनका अनुसार ४४ वटा राष्ट्रिय संस्थाका १० हजारभन्दा बढी पर्यवेक्षकले स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्दैछन् ।

प्रतिक्रिया