संसदीय चुनावमा गोकुल बाँस्कोटालाई चुनौती दिने घोषणा गरेका को हुन्, मनोज पण्डित ?

admin

काठमाडाैं, ९ वैशाख : मनोज पण्डितले एमाले नेता गोकुल बाँस्कोटासँग निर्वाचन लड्ने घोषणा गरेका छन् ।

चलचित्र निर्देशक मनोज पण्डितले आगामी संसदीय चुनावमा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर–२ बाट उनले स्वतन्त्र उमेदवारी दिने बताएका हुन् ।

बाँस्कोटालाई चुनौति दिन आफूले उमेदवारी दिन लागेको उनले बताए । बाँस्कोटाले खुलमखुला चुनाव लड्ने चुनौती दिएकाले आफूले उनीविरुद्ध चुनाव लड्ने निर्णय गरेको पनि बताए ।

७० करोड भ्रष्टाचारको आरोप लागेपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए ।

सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटाले ७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका थिए । ‘ग्रेटर नेपाल’, ‘दासढुंगा’, ‘बधशाला’ मनोजले निर्देशक गरेका चलचित्र हुन् ।

प्रतिक्रिया