लागूऔषधसहित एक युवक पक्राउ

admin

तनहुँ, १२ वैशाख : तनहुँमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । सोमबार बिहान जिल्लाको आँबखैरेनी गाउँपालिका–४ स्थित बेनिटारबाट रुपन्देहीको तिनाउ नगरपालिका–११ का २१ वर्षीय सागर कुँवर क्षेत्री लागूऔषधसहित पक्राउ परेका हुन् ।

सुनौलीबाट पोखरा आउँदै गरेको बसमा चेकजाँचको क्रममा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डीएसपी युवराज खड्काले बताए ।

उनको साथबाट १५० एम्पुल डाइजेपाम, १५० एम्पुल फेनरागन र १५० एम्पुल ब्रोनोरफोनसहित ४५० एम्पुल लागूऔषध बरामद गरिएको छ । उनले झोलामा लागूऔषध लुकाएर ल्याएका थिए ।

प्रतिक्रिया