निर्वाचन रोक्न माग गर्दै प्रधानमन्त्रीदेखि निर्वाचन आयुक्त विरुद्ध मुद्दा दर्ता

admin

काठमाडौं, १४ वैशाख :  प्रधानमन्त्री, सभामुख, कानून मन्त्री र प्रमुख निर्वाचन आयुक्तलाई अदालतको अपहेलनामा कारबाही गर्न भन्दै सर्वोच्च अदालतमा मुद्धा दर्ता भएको छ।

एक दशक अघि सर्वोच्च अदालतमा जनताले खराब उम्मेदवार बहिष्कार गर्न पाउने विकल्प मतपत्रमा नै हुनु पर्ने माग राखी अधिवक्ता स्वागत नेपालले मुद्धा दायर गरेका थिए ।

उक्त रीटमा उम्मेदवार वहिष्कार गर्न पाउने अधिकार दिने गरी कानुन बनाएर मात्र निर्वाचन गर्नु भन्ने निर्देशनात्मक आदेश उल्लंघन गरी निर्वाचन गराउन लागेकोमा उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन् ।

अदालतको अपहेलनामा प्रधानमन्त्री, सभामुख, प्रमुख निर्वाचन आयुक्त र कानुन मन्त्री समेतलाई सजाय गर्न र राइट टु रिजेक्टको व्यवस्था नगरी निर्वाचन नगराउन माग गर्दै मुद्दा दर्ता गरेको अधिवक्ता समेत रहेका नेपालले जानकारी दिए । उक्त मुद्दामा २० गतेका लागि पहिलो पेशी हुने गरी बहसका लागि तारिक दिइएको छ ।

प्रतिक्रिया