राजनीति बिशुद्व समाजसेवा हो कसैको जागीर होइन: नेपालकै कान्छी मेयर उम्मेदवार रजनी थापा

admin

काठमाडाैं, १६ वैशाख : काठमाण्डौंको टोखा नगरपालिकाको मेयरमा रजनी थापाले उम्मेदवारी दिएकी छन् । नेपाली कांग्रेसले टोखा नगरपालिकाको मेयरमा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उनले मेयर भएपछि सरकारी सेवा सुविधा केहि नलिने समेत बताएकी छन् । जनताको मन पहिला नै जितिसकेको बताउँदै अबको चुनावमा ती जनताको मत आफ्नो पक्षमा पार्ने उनको दाबी छ ।

पार्टीले ३० वर्षको उमेरमै आफूलाई मेयरको टिकट दिएककोमा धन्यवाद दिएक छिन्। नेपालकै कान्छी मेयर उम्मेरदवार रहेकी उनले पार्टीले आफूलाई सक्षम देखेर नै टिकट दिएको बताएकी छन् ।

उनले राजनीति बिशुद्व समाजसेवा हो कसैको जागीर होइन भन्दै टोखा नगरपालिकामाबासीको सेवामा आफू लागि पर्ने बताएकी छन् । काँग्रेस कर्ममा विश्वास गर्ने पार्टी भएकाले आफूले हार्न नसक्ने बताएकी छन् । विकास भनेको बाटो खन्नु मात्रै नभएको भन्दै सबैका सोचको विकास गर्नु आवश्यक बताएकी छन् ।

त्यस्तै उनले चुनाव चिन्ह (रुख)मा भोट हाली आफूलगायत कांग्रेसलाई जिताउन युवाहरु आतुर रहेको दाबी समेत गरेकी छन् ।

प्रतिक्रिया