देशभरबाट ३५३ उम्मेदवार निर्विरोध निर्वाचित

admin

काठमाडौं, १९ बैशाख : आसन्न स्थानीय तहको निर्वाचनका ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सोमबारको नियमित पत्रकार सम्मेलनमार्फत् विभिन्न पदमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको बताएका हुन्। १७० दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको समेत बताए।

त्यस्तै, निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आचारसंहित विपरीतको प्रचार सामग्री तत्काल हटाउनसमेत निर्देशन दिएको छ।

त्यसैगरी राजनीतिक दलहरू तथा विभिन्न उम्मेदवारहरूबाट भए गरेका आचारसंहिता उल्लंघनका विषयमा आयोगको ध्यानाकर्षण भएको पनि सहायक प्रवक्ता अर्यालले बताए।

प्रतिक्रिया